विवाद छाडेर उत्कृष्ट अलराउण्डरको टेस्ट कप्तानी | Khabarhub Khabarhub

विवाद छाडेर उत्कृष्ट अलराउण्डरको टेस्ट कप्तानी

‘जो न्युजिल्याण्डमा जन्मेर इंग्ल्याण्डलाई जिताइरहेछन्’



काठमाडौँ : क्रिकेट खेल यस्तो हो, जहाँ कुनै पनि क्रिकेटरलाई सहजै नजरअन्दाज गर्न सकिन्न । ब्याटर र बलरका लागि जति धेरै दिमाग खियाएर तयारी गरिन्छ, त्यति अलराउण्डरका लागि गरिदैँन । र, त्यसैको फाइदा उठाउन सकेका क्रिकेटरले खेल मात्रै जिताउँदैनन्, टिमको सबै नायकत्व आफैँले हातमा लिन्छन् । जसले अलराउण्डर भएर धेरै खेलमा आफैँले एक्लै भएर खेल जिताएका छन् । त्यसमध्येका एक हुन्, इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स । जसले इंग्ल्याण्डलाई पहिलोपटक एकदिवसीय विश्वकप जिताएका छन् । अनि टेस्टमा पनि एक्लैले टिम संकटमा रहेका बेला असम्भव लाग्ने खेलमा सम्भव जित हात पारेका छन् ।

तिनै स्टोक्सलाई इंग्ल्याण्डले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । उसो त बेन स्टोक्स आधुनिक क्रिकेट युगका एक विष्फोटक अलराउण्डरका रुपमा परिचित छन् । क्रिकेट मैदानमा स्टोक्सको उर्जाको असर सहजै रुपमा देख्न सकिन्छ । स्टोक्सले हरेक पक्षबाट आफ्नो क्रिकेटप्रति लगाब प्रस्तुत गर्दैँ आएका छन् । चाहे त्यो आक्रामक ब्याटिङ होस वा धारिलो बलिङ नै । स्टोक्सले सधैँ शतप्रतिशत टिमका लागि आफ्नो तर्फबाट योगदान दिएको देख्न सकिन्छ ।

ठूला सट प्रहारसँगै ठूलो इनिङ्ससँग लगाव भएका स्टोक्सलाई आक्रामक खेलाडीका रुपमा परिचित छन् । ब्याटसँग मात्र नभई स्टोक्सको सम्बन्ध बलसँग पनि उत्तिकै राम्रो रहेको छ । स्टोक्सले मध्यम उच्च गतिमा बलिङ गर्दछन् । साथै आफ्नो टोली अन्यौलमा हुँदा पनि स्टोक्स गेम चेन्जरको भूमिकामा पनि प्रस्तुत हुने गरेका छन् ।

खेलाडीको छोरा

वर्तमान क्रिकेट दूनियाँमा स्टोक्स एक उत्कृष्ट क्रिकेटर हुन् । उनको जन्म सन् १९९१ जुन ४ मा भएको थियो । स्टोक्सको जन्म न्युजिल्याण्डको क्राइस्टचर्चमा भयो । उनको पुरा नाम बेन्जामिन एन्ड्रिउ स्टोक्स हो । उनको बुवाको नाम गेराल्ड स्टोक्स हो । उनले अन्तर्राष्ट्रिय रग्बी लिगमा न्यूजिल्याण्डको प्रतिनिधित्व पनि गरेका छन् ।

बुवाको खेलकुदप्रतिको लगावले बेनको लागि क्रिकेटमा व्यवसायिक रुपमा लाग्न सम्भव भयो । फलस्वरुप, स्टोक्सले १८ वर्षको उमेरमा नै डरहमसँग २ वर्षको काउन्टी सम्झौता गरेका थिए ।

क्रिकेटको सुरुवात
सन् २००९ मा स्टोक्सले एकदिवसीय खेलमा डेब्यु गरे । पहिलो खेलमा नै तेस्रो डेलिभरीमा मार्क रामप्रकाशलाई आउट गरेसँगै स्टोक्सले आफ्नो सुरुवातलाई यादगार बनाए । यस्तै, बंगलादेशसँगको दुई टेस्ट खेलमा स्टोक्सले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरे । सन् २०१० को अण्डर–१९ विश्व कप अन्तर्गत भारतविरुद्धको खेलमा शतक प्रहार गरेसँगै स्टोक्सले सबैको ध्यान आफ्नो बल र ब्याटमा तानेका थिए ।

सन् २०१० मा अबुधाबीमा भएको सिजनको ओपनरमा स्टोक्सले मेरीलोबन क्रिकेट क्लबविरुद्धको खेलमा आफ्नो फस्र्ट क्लास क्रिकेटमा डेब्यु गरे । साथै सो खेलमा अर्धशतक पुरा गर्दैँ १ विकेट लिन सफल पनि भए ।

निरन्तर उत्कृष्ट प्रदर्शन गरेसँगै स्टोक्सको लागि राष्ट्रिय क्रिकेट टोलीको ढोका पनि खुल्यो । यससँगै स्टोक्स आयरल्याण्डविरुद्धको खेलमा इङ्ल्याण्डको एकदिवसीय टोलीमा पर्न सफल भए ।

साथै गृह मैदानमा भारतविरुद्धको सिरिजमा पनि स्टोक्सले खेल्ने अवसर प्राप्त गरे । तर, औलामा चोट लागेसँगै भारतविरुद्धको एकदिवसीय सिरिजमा ब्याटिङ गर्न असमर्थ भए । निकै कष्टकर बनेको सो एकदिवसीय सिरिजपश्चात भारत भ्रमणबाट स्टोक्स वञ्चित भए ।

सो सानो समस्याबाट स्वस्थ्य भएपश्चात स्टोक्सको प्रदर्शनमा भने राम्रो नतिजा देखियो । स्टोक्सले २१.४७ को औसत अंकसहित ८ सय २७ रन र ३७ विकेट जोड्न सफल भए । यसले राष्ट्रिय इङ्ल्याण्ड क्रिकेट टोलीमा फ्रेडी फ्लिन्टफको सन्यासपछिको अलराउन्डरको जिम्मेवारी पूर्ति हुने आशा बढ्यो ।

खेल जीवनको उतार चढाव
स्टोक्स इङ्ल्याण्ड लायन्सको विकासउन्मुख टोेलीमा अष्ट्रेलियाली भ्रमणको लागि पर्न सफल भए । तर, भाग्यको खेल भन्नुपर्छ निरन्तर अनुशासनहिनता र अव्यवसायिक प्रस्तुतिको लागि स्टोक्सलाई पेसर केन्ट र म्याट कोल्ससँगै घर फर्काइयो । स्टोक्सले आफ्नो गैरजिम्मेवारीपूर्ण कार्यको माफी माग्दै पुन टप–फलाईट क्रिकेटमा फर्कने वाचा गरेका थिए ।

आफ्नो कमी कमजोरीलाई सुधारेर स्टोक्स अष्ट्रेलियाविरुद्धको एकदिवसीयमा थर्ड सिमरको स्थानमा प्रवेश गर्न सफल भए । साथै डरहम प्रतियोगिताको जितमा पनि योगदान पु¥याउन सफल भए । स्टोक्सले लिएको मेडेन फाइफरले उनलाई इङ्लिश छनोटकर्ताको अाँखामा पार्न सफल भयो ।

फलस्वरुप २०१३–१४ मा एशेज डाउन अण्डरको १७ खेलाडीको टोलीमा स्टोक्स पर्न सफल भए । स्टोक्सले सो सिरिजको दोस्रो टेस्टमा आफ्नो डेब्यु गरे । उनले मेडेन टेस्टको उत्कृष्ट नमुना प्रदर्शन गर्दै तेस्रो खेलमा शतक बनाए ।

पाँचौँ टेस्टको पहिलो इन्ङ्ग्सिमा स्टोक्सले सिक्स–फर लिन सफल भए । साथै स्टोक्सले ४७ रन जोड्दै इङ्ल्याण्डलाई १ सय ५५ रन प्राप्त गर्न पनि सघाए । इङ्ल्याण्ड सो सिरिजमा ५–० ले पराजित भएपनि स्टोक्सको लागि भने सो सिरिज उत्कृष्ट नै रह्यो ।

सो सिरिजमा स्टोक्स अत्याधिक विकेट लिने खेलाडीको सुचीमा १५ विकेटसहित दोस्रो भए भने रन जोड्नेको सुचीमा २ सय ७९ रनसहित तेस्रो भए ।

स्टोक्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई एकदिवसीय सिरिजमा पनि कायम नै राखे । डाउन अण्डर अन्तर्गत चौथो एक दिवसीय खेलमा स्टोक्सले आफ्नो मेडेन एकदिवसीय अर्धशतक पुरा गरे र ४ विकेट पनि लिए । साथै डाउन अण्डरमा ९ पटक सहभागी भएको इङ्ल्याण्ड पहिलो पटक उपाधी जित्न पनि सफल भयो ।

यो प्रदर्शनले स्टोक्सलाई वेस्ट इन्डिजसँगको टी–ट्वान्टी सिरिजमा स्थान पक्का गर्न मद्दत ग¥यो । दुर्भाग्यवस वेस्ट इन्डिजविरुद्धको खेलमा असन्तोषजनक अभिव्यक्तिपश्चात ड्रेसिङ रुमको ढोकामा हातले हानेसँगै घाइते भएका स्टोक्सले बंगलादेशमा भएको विश्व टी–ट्वान्टी प्रतियोगिता गुमाए ।

यसपश्चात स्टोक्सको प्रदर्शनमा अत्याधिक असर प¥यो । स्टोक्स करिबकरिब इङ्ल्याण्ड टोलीबाट नै निस्किने अवस्थामा पुगेका थिए । यद्यपि, न्यूजिल्याण्डविरुद्धको खेलले स्टोक्सलाई एक नयाँ अवसर प्रदान ग¥यो ।

लोर्डसमा भएको न्यूजिल्याण्डसँगको टेस्ट खेलमा स्टोक्सले शतक बनाउँदै आफ्नो गुणस्तर र स्तरको प्रदर्शन गरे । साथै ट्रेन्ट ब्रिजमा भएको अष्ट्रेलियाविरुद्धको एसेजको उपाधी डिफेन्ड गर्ने खेलमा स्टोक्सले फाइभ–फरको अर्को एउटा उदाहरण प्रस्तुत गरे ।

दक्षिण अफ्रिकाको भ्रमणमा पनि स्टोक्सले दोहोरो शतक पुरा गरे । यस प्रदर्शनले स्टोक्सलाई टेस्ट क्रिकेटमा कम समयमा दोहोरो शतक पूरा गर्ने पहिलो इङ्लिस क्रिकेटर पनि बनायो ।

सन् २०१६ मा भारतको इडेन गार्डेन्समा भएको विश्व कप टी–टेवान्टी प्रतियोगिता स्टोक्सको सबैभन्दा दुःखद खेल पनि भयो । वेस्ट इन्डिजसँगको फाईनल खेलको अन्तिम ओभरमा स्टोक्सले बलिङ गर्ने अवसर पाए । त

र , कार्लोस ब्राथवेटीले ४ छक्का प्रहार गर्दैँ वेस्ट इन्डिजलाई उपाधी जिताए । यस प्रदर्शनले स्टोक्सलाई निकै नै निराश बनायो । स्टोक्सको क्रिकेट जीवनमा नै प्रश्न उठ्न सुरु भयो । यसपश्चात लिड्समा भएको श्रीलंकाविरुद्धको टेस्ट खेलमा पनि स्टोक्सले घुडाको चोटले पीडित भए ।

वेस्ट इन्डिजसँगको हारले स्टोक्सलाई चोट त दियो तर क्रिकेटमा अझैँ समर्पित पनि गरायो । चोटका कारण अधिकांश गृह सिजन गुमाए पनि, बंगलादेश र भारतको उपमहाद्धीपीय भ्रमणमा भने स्टोक्सको शानदार पुनरागमन भयो ।

ब्याटसँगको तालमेल औसत मात्र भएपनि बलिङले उनलाई अघि बढाइरह्यो । स्टोक्सको रिभर्स स्विङ्गले सबैको मन जित्न सफल भयो । निकै नै चुनौतीपूर्ण बनेको सन् २०१६ लाई बिदाई गर्न अगाडि स्टोक्सको शतक र ५ विकेटले उनको करियरमा केही आश बढायो ।

जब निलम्बित भए…
सन् २०१७ को च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाईनलबाट बाहिरियो । स्टोक्सको खुट्टा भुईमा नै भएको आभाष हुँदै गर्दा उनको जीवनमा अर्को बज्रपात भयो । स्टोक्सलाई अनुशासनहिनताले पछयाएको यो पहिलो पटक थिएन । तर यसको सजाय भने स्टोक्सले ठुलो नै व्यहोर्नु प¥यो ।

ब्रिस्टल नाईटक्लबमा भएको एक घटनाका कारण इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड ईसीबीले स्टोक्सलाई अनिश्चितकालका लागि निलम्बन ग¥यो । यसले उनको मात्र जीवनमा नभई इङ्ल्याण्डको एसेजमा पनि निकै असर पु¥यायो । इङ्ल्याण्ड एसेजमा ४–० ले पराजित भयो ।

महिनौँ निलम्बनका कारण क्रिकेटबाट टाढा भएका स्टोक्सलाई ईसीबीले न्युजिल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा टोलीमा जोड्ने निर्णय ग¥यो । बोर्डको सो निर्णय विवादस्पद भएतापनि स्टोक्सको लागि भने यो जीवनदान स्वरुप नै बन्न पुग्यो ।

उमेरलाई मध्यनजर गर्दा स्टोक्सलाई क्रिकेटको सबै भन्दा उत्कृष्ट अल–राउन्डरमा गनिने अपेक्षा गरिएको छ । यसको लागि भने स्टोक्सले अनुशासनलाई मुल आधार बनाएर अघि बढ्नु पर्ने देखिन्छ । खेल जीवनको सबैभन्दा संगीन सजायले स्टोक्सको खेल जीवनमा पूर्णविराम लगाउने सबैको कल्पना भए पनि, यसले उनलाई क्रिकेटमा पुन स्थापित हुनु पनि एउटा अवसर प्रदान ग¥यो ।

आइपीएलका महंगा खेलाडी
टी–ट्वान्टी क्रिकेटमा ठुलो सट प्रहार गर्न सक्ने सिम–बलिङ अलराउन्डर क्रिकेटरलाई क्रिकेट लिगमा महंगो मूल्यमा भित्र्याउने गरिन्छ । अतः सन् २०१७ आईपिएल अक्सनमा स्टोक्सलाई राईजिङ पुणे सुपर जायन्ट्सले १४ करोड पचास लाख भारतीय रुपैँयाँमा आफ्नो टोलीमा अबद्ध ग¥यो ।

आक्रमक क्रिकेटर स्टोक्सले पहिलो आईपिएलको पहिलो सिजनमा अविजित रुपमा १ सय ३ रन जोडे । उनले सो सिजनमा योर्कर र अन्य बलिङ तथा ब्याटिङ शैलीको पनि उत्कृष्ट नमुना प्रस्तुत गरे । स्टोक्सले ३ सयभन्दा बढी रन र १० विकेटको साथमा त्यो सिजनको अन्त्य गरे ।

सन् २०१८ को आईपीएल अक्सनमा भने राजस्थान रोयल्सले १ दशमलव ४ मिलिन स्टरलिङ पाउन्डमा स्टोक्सलाई आफ्नो टोलीमा आबद्ध ग¥यो । स्टोक्सले सन् २०१८ र २०१९ मा भने त्याति सफलता पाउन सकेनन् ।

तर, सन् २०२० मा भने ८ खेलमा २ सय ८५ रन जोड्न सफल भए । साथै मुम्बई इण्डियन्सविरुद्धको उद्घाटन खेलमा उनले शतक पनि प्रहार गर्न सफल भए ।

स्टोक्सले इङ्ल्याण्ड टेस्ट टोलीको पुनर्गठनमा संलग्न भएसँगै सन् २०२२ को आईएपिएलको अक्सनमा भने नाम दर्ता गराएनन् । आफ्नो खस्किदो फर्मका कारण पनि उनी त्यसका लागि इच्छुक देखिएनन् ।

स्टोक्सले इंग्ल्याण्डलाई विश्वकप जिताए…
स्टोक्स विश्व क्रिकेटमा एक अब्बल खेलाडी हुन् भन्ने कुरा सन् २०१९ को एकदिवसीय विश्वकपले पुष्टि गरेको छ । सन् २०१९ जुलाई १४ मा विश्व क्रिकेटलाई स्टोक्सको हरेक भावनालाई नजिकबाट हेर्ने अवसर प्राप्त भएको थियो । रोमाञ्चक बनेको न्यूजिल्याण्डविरुद्धको फाइनलमा ४७ ओभर ३ बलमा प्रवेश गर्दा इङ्ल्याण्डलाई जित्नको लागि ३ बलमा ९ रनको आवश्यकता थियो ।

अन्तिम तेस्रो बलमा स्टोक्सले बललाई बाउन्ड्रीतर्फ प्रहार गरे । बलले बाउन्ड्री नछुँदै, फिल्डरले बललाई विकेट किपरतर्फ प्रहार गरे । त्यसबेला स्टोक्स दोस्रो रन जोड्न संघर्षरत थिए । स्लाईड गरेर रन पुरा गर्दागर्दै स्टम्पमा लाग्नुपर्ने बल स्टोक्सको ब्याटमा छोएर बाउन्ड्री तर्फ ग¥यो । अन्यौलले भरिपूर्ण सो प्रस्तुतिलाई रेफ्रीले ६ रनको संकेत दिए ।

ब्याटिङ गरिरहेका बेनलाई इङ्ल्याण्डलाई जिताउन १ बलमा २ रनको आवश्यकता थियो । तर, संयोग यस्तो बन्यो कि खेलले सुपर ओभरमा प्रवेश ग¥यो । सुुपर ओभरमा स्टोक्सले ३ बलमा ८ रनको योगदान गर्दैँ इङ्ल्याण्डले कुल १५ रन बनाउन सफल भयो ।

१६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १५ रन त जोड्यो तर, अन्तिम रन जोड्ने क्रममा विकेट लिन सफल भएको इङ्ल्याण्डले उपाधी आफ्नो पोल्टामा पा¥यो । अविश्वसनीय प्रदर्शन गरेका स्टोक्स ‘म्यान अफ द म्याच’ बने । उनकै योगदानमा इंग्ल्याण्डले विश्वकप जित्यो ।

साथै विश्व कपमा स्टोक्सले ५ अर्धशतक पनि बनाउन सफल भए । प्रतियोगिताका दौरान स्टोक्स इङ्ल्याण्डको लागि भरपर्दो फिनिसरको भुमिकामा पनि उत्कृष्ट साबित भए ।

अनि इङ्ल्याण्डको टेस्ट टिम कप्तान
एलिस्टर कुकले कप्तानी छाडेर संन्न्यास लिएपछि इंग्ल्याण्डको टेस्ट टिम संकटग्रस्त छ । हारलाई जितलाई बदल्न नसकेपछि र भरपर्दा खेलाडी नरहेपछि कुकले कप्तानी मात्रै होइन, इंग्ल्याण्डकोे राष्ट्रिय टिमबाट शतक हानेरै सन्ंन्यास लिए । त्यसपछि केही समय आश भरोसा थेग्ने काम जोय रुटले गरे ।

व्यक्तिगत रुपमा उनको प्रदर्शन खराब थिएन । तर कुकपछि इंग्ल्याण्डले टेस्ट क्रिकेटमा जित्न छाड्यो । त्यो जितको खोजीमा इंग्ल्याण्ड क्रिकेट बोर्ड रुटको विकल्प खोज्न थाल्यो ।

यस्तोमा रुटलाई पनि प्रेसर बढ्यो । बर्खास्तीमा पर्नुअघि उनले राजीनामा दिए । त्यसअघि नै इंग्ल्याण्डका कोचले पनि राजीनामा दिएका थिए । यस्तो अवस्थामा अब इंग्ल्याण्डमा टेस्ट क्रिकेट थाम्ने व्यक्तिको रुपमा स्टोक्स अगाडि आए । दुई हप्ताअघि ङ्ल्याण्डको टेस्ट टिमको कयाँ कप्तानका रुपमा स्टोक्सलाई नियुक्त गरियो ।

पहिलोपटक औपचारिक रुपमा टिमको नेतृत्व पाएपछि ३० वर्षीय स्टोक्सले भनेका छन्, ‘टेस्ट टोलीको नेतृत्व गर्ने अवसर प्रदान भएपछि आफैँलाई सौभाग्यपूर्ण ठानेको छु । यो वास्तवमा नै विशेषाधिकार हो र म नेतृत्व गर्न उत्साहित छु ।’

सन् २०२१–२३ विश्व टेस्ट च्याम्पियन्सीपको सुरुवात देखि इङ्ल्याण्ड संघर्षरत भएको देख्न सकिन्छ । अष्ट्रेलियामा भएको एसेजमा वेस्ट इन्डिजसँगको पराजयले इङ्ल्याण्डको अवस्थालाई सहजै दर्शाउँछ ।

यस्तो अवस्थामा स्टोक्सको प्राथमिकता भनेको उत्कृष्ट टेस्ट ११ टोलीको निर्माणमा जोड दिने हुनेछ । सो टोलीको निर्माणमा जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडजस्ता दिग्गजको उपस्थिति कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ । जसले आजसम्मको इंग्ल्याण्डको टेस्ट क्रिकेटको अस्तित्व रक्षा गरिरहेका छन् ।

त्यति मात्रै होइन, इयोन मोर्गन करियरको उत्तराद्र्धमा रहेकाले अब इंग्ल्याण्डकै पुरै राष्ट्रिय टिमको कप्तानी बेन स्टोक्सको काँधमा आउन सक्छ । त्यसका लागि पनि उनले टेस्ट टिमको कप्तानी सहजतापूर्वक सम्हाल्न जरुरी छ । उनको विवादित छवि छाडेर यति सुन्दर अवसर उनका अगाडि आउँछ भने स्टोक्स त्यसका लागि तयार पनि देखिन्छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २७ बजे

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु

इलाम-२ उपनिर्वाचनको मतगणना गणना सुरु

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल