बम नभेटिएपछि विमान उडान सुरु « Khabarhub

बम नभेटिएपछि विमान उडान सुरु


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् ।

खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए । 

‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने । 

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोजल गर्न चुनौती दिएको प्रहरीले जनाएको छ । 

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : ४८ बजे

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र