प्लानिङ र झापाको बराबरी « Khabarhub

प्लानिङ र झापाको बराबरी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईनज युनाईटेड र झापा फुटबल क्लबले अंक बाडेका छन् । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा प्लानिङ र झापाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । प्लानिङका लागि प्रताप सिंह राईले १ गोल गरे भने झापाका लागि पेमा तामाङले १ गोल फर्काए ।

 ७० औँ मिनेटमा प्रतापले १ गोल  गरेर प्लानिङलाई अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा झापाका लागि पेमाले १ गोल गरेर खेललाई बराबरीमा पुर्‍याए। झापाका पारस कार्की म्यान अफ द म्याच घोषित भए । स्पोर्ट्स एकेडेमी साँगा र सानेपा क्लब दिउँसो पौने १ बजे आम्ने सामने हुनेछन् ।

 वीरगन्ज युथ एकेडेमी र स्वयम्भु क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ४७ बजे

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई