करणको फिल्ममा शाहरुख र काजोलको जोडी ? « Khabarhub

करणको फिल्ममा शाहरुख र काजोलको जोडी ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन ।

‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरुमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो । 

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन । यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी’ और पिन्कीकी प्रेम कहानी’ मा देख्न सकिनेछ । करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन् । करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए । त्यस समयमा करणको फिल्मसँग अजय देवगण निर्देशित फिल्म ‘शिवाय’ सँगै प्रदर्शनमा आएको थियो । 

यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ । यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ । यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन् । यी दुईले केमियोको लागि एक दिनको समय समेत दिएको खबर बलिउड लाइफमा छ ।

 यद्यपि मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन । करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै