अगिया खोलामा टिफर आतंक, सडकमा बाहेक माटाे देखिँदैन « Khabarhub

अगिया खोलामा टिफर आतंक, सडकमा बाहेक माटाे देखिँदैन


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- बुद्धभूमि नगरपालिका-९ गव्दहवाको अगिया खोलामा ढुङ्गा मात्रै बाँकी छ । खाेलामा माटाे र बालुवा कहिँ कतै देखिँदैन । जनप्रतिनिधिकै मिलेमताेमा खाेलामा जथाभावी  एक्स्काभेटर चलाउँदा खाेला मात्रै हाेइन खाेलासम्म पुग्ने बाटाे समेत जीर्ण बनेकाे छ । याे बाटाेमा टिफरनै फस्ने जस्ता खाल्डाखुल्डी छन् ।

‘खाेलाकाे करिब एक किलोमिटर क्षेत्रमा टिफर गुड्ने बाटोबाहेक सबै भाग खनिएको छ । नदीजन्य पदार्थ निकाल्ने क्रममा अधिकांश भागमामा तीन मिटरभन्दा गहिरो खाडल बनेको छ । खोला सुकेको जलाशय जस्तो मात्रै देखिन्छ,’ एक स्थानीयले भने ।  जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य सामग्री बिनाप्रतिस्पर्धा ठेक्का दिँदाको परिणाम गव्दहवाको अगिया खोलाले भाेगिरहेकाे छ ।

नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको मिलेमतोमा नदीजन्य सामग्री निकाल्न विना प्रतिस्पर्धा ठेक्का लगाइएको थियो । हुलाकी सडक निर्माण र डुमरा–महाराजगन्ज सडक निर्माण गर्ने नाममा कम्पनीलाई सिधै ठेक्का दिएको थियो । निर्माण सामग्री उपलब्ध गराउने पेटी ठेकेदारहरूलाई नगरपालिकाकै मिलेमतोमा विना प्रतिस्पर्धा नदीजन्य पर्दाथ निकासी गर्न स्वीकृति दिइएको आरोप छ । कर्मचारी र जनप्रतिनिधि समेतको संलग्नतामा फागुन अन्तिममा निर्णय नै गरेर नदीबाट सिधै मेसिनरी प्रयोग गरेर लैजान स्वीकृति दिएको हो ।

निवर्तमान नगरप्रमुख केशवकुमार श्रेष्ठको दबाबमा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राजनकुमार पोख्रेलको योजनामा स्वाभिमान कन्स्ट्रक्सन प्रा.लि. र एस.के. ग्रामीण कन्स्ट्रक्सन प्रणालीलाई क्रमशः १८ हजार ६ सय ३० र १३ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको थियो । नगरपालिकाले तोकेको न्यूनतम दररेटमै दिएको कर्मचारी श्रोतले जनाएको छ ।

ठेकेदार तथा कर्मचारीको मिलेमतोमा गत वर्ष केन्द्रे नदीमा समेत शर्मा एन्ड शर्मा कम्पनीलाई सोही योजनाअनुसार नदीजन्य पर्दाथ निकासी गर्न स्वीकृति दिएको थियो । सोही वर्ष माग बमोजिम नदीजन्य पदार्थ लगेको शर्मा कन्स्ट्रक्सन ठेकेदारले अहिले पुन: अपुग भएर माग्नु शङ्कास्पद छ ।

निर्माण तथा सप्लायर्स ठेकेदारले ठेक्का लागेका नदीहरूबाट नदीजन्य पदार्थ खरिद गर्दा महँगो हुने भएपछि कर्मचारी र जनप्रतिनिधिको सेटिङमा सिधै विना प्रतिस्पर्धा नदी नै किन्ने गरेका छन् । उनीहरूले राष्ट्रिय गौरवको आयोजना भन्दै जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई भ्रम पार्दै माथिल्लो निकायबाट विना स्वीकृति निकासी अनुमति दिने गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक मात्र भएको र सोको लागि पनि सडक विभागको आग्रहमा प्रदेश सरकारबाट निर्णय भई आउनु पर्ने हुन्छ । तर, यहाँ सामान्य निवेदनको आधारमा कार्यपालिका, जिल्ला समन्वय समिति हुँदै जिल्ला स्तरीय अनुगमन सञ्जालबाट समेत मेशिन (एक्स्काभेटर) प्रयोगको स्वीकृति लिएका छन् । जिल्लामा कुनै पनि स्थानीय तहले नदीजन्य ठेक्कामा नदी उत्खनन्मा मेसिन प्रयोग गर्न दिँदैन । तर बुद्धभूमि नगरपालिकाले भने  मापदण्डविपरीत उत्खनन् अनुमति मात्र होइन नदी दोहन गर्दा समेत अनुगमन नगरेको स्थानीयवसीको गुनासो छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ३३ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत