सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण « Khabarhub

सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ ।

राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो ।

आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताएअनुसार ३० सैनिक मारिएका छन् भने अरु २२ घाइते भएका छन् । अरु दर्जनौं बेपत्ता रहेको उनको भनाइ छ ।

यता अल शबाबले भने आक्रमणको जिम्मा लिँदै १७३ सैनिक मारिएको दाबी गरेको छ । अल सबाबले मारिएका सैनिकको शव देखाउँदै भिडियो समेत जारी गरेको आतंककारी समूहको निगरानी गर्ने संस्था साइट इन्टिलिजेन्स ग्रुपले जनाएको छ ।

अल शबाब अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल अल कायदासँग आबद्ध रहेको बताइन्छ । आक्रमणकारीले शुरुमा कार बम विष्फोट गराएको र पछि भारी गोलाबारी गरेको स्थानीय सैनिक कमाण्डर मोहमद अलीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

‘उनीहरुले कार बम विष्फोट गराएर आक्रमणको शुरुआत गरेका थिए, त्यसपछि भारी गोलाबारी शुरु भयो ।’ अलीले भने । भीडन्तमा दुबै पक्षतर्फ ठूलो हताहति भएको उनको भनाइ छ ।

बुरुण्डीको श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार करिब ४ सय आक्रमणकारीले सैनिक आधार इलाकामा भीषण आक्रमण गरेका थिए । आक्रमणकारीले दुई वटा कार बम विष्फोट पनि गराएको जनाइएको छ ।

सोमालिया सरकारले आक्रमणको निन्दा गरेको छ । त्यस्तै, अफ्रिकी युनियनको आयोगका प्रमुख मुसा फाकी महमतले पनि ट्विट गर्दै आक्रमणको निन्दा गरेका छन् ।

उनले ट्विटमा आफूले बुरुण्डीका राष्ट्रपति एभारिस्ते न्डायिशिमियेसँग आफूले कुराकानी गरेको र बुरुण्डीका सैनिकको बलिदान प्रति सम्मान जनाएको उल्लेख गरेका छन् ।

दशकौंयता निरन्तर जारी शसस्त्र द्वन्द्वका क्रममा शान्ति स्थापनाका लागि भन्दै अफ्रिकी युनियनले सोमालियामा शान्ति सैनिक परिचालन गर्दै आएको छ । यस्ता शान्ति सैनिकहरु बेला बेला अल शबाबजस्ता लडाकु समूहको निशानामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ३७ बजे

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि