सेयर बजार ३१ अंकले घट्यो « Khabarhub

सेयर बजार ३१ अंकले घट्यो


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अङ्कले घट्दा परिसूचक दुई हजार ३०० अङ्क मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अङ्कबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अङ्कमा पुगेर बन्द भएको  छ । 

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अङ्कले घटेर ४३६ दशमलव ८८ अङ्कमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अङ्कले ओरालाे लागेकाे थियाे । 

नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालाे लागेकाे छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो । 

नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन ।

नेप्सेमा बुधबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ। जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : २० बजे

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि