गठबन्धन राष्ट्रिय आवश्यकता हो, कांग्रेसबाट कसैलाई धोका हुँदैन : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

गठबन्धन राष्ट्रिय आवश्यकता हो, कांग्रेसबाट कसैलाई धोका हुँदैन : प्रधानमन्त्री देउवा


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताएका छन् । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै उनले  स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट परे। अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राखे।

उनले नेपाली कांग्रेसले धोका खाए पनि कसैलाई पनि धोका नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए।

प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिको मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए। स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेश मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गरे।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राखे। उनले सङ्घ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्नका लागि पनि अहिले स्थानीय तहमा कार्यकर्ताहरूले मेहेनतका साथ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले यो निर्वाचनमा सफलता हासिल भएमा नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए। उहाँहरूले धन आर्जनका लागि नभई जनताका सेवा तथा नगरको विकास गर्न उम्मेदवारी दिएको र हाम्रो सङ्कल्पमा कुनै पनि नागरिकले शङ्का नगरी मत दिन आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा डिला सङ्ग्रौला, भीम पराजुलीलगायतका नेताहरूले कांग्रेसको गठबन्धनमा रहेका पार्टी उम्मेदवारलाई जिताउन आग्रह गरे। 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : १३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?,

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

अख्तियारले आज ३४औँ स्थापना दिवस मनाइँदै

काठमाडौं– भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य