दुई सय जनालाई २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन « Khabarhub

दुई सय जनालाई २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ्य परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र वैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षाका साथमा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकास्थित सामीको परियोजना संयोजक एबं मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताइन् ।

सामीले वैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समूहमा आबद्ध सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समूहमा आबद्ध सय जनालाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाका सबै ७ वडामा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । ‘वैदेशिक रोजगारीबाट  आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ निरौलाले भनिन्, ‘यस्तै वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भविष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’

देखिँदै तालिमको प्रभाव 
वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यामा परिवर्तन देखिन थालेको छ । पहिला अरुको घरमा सागसब्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन् ।

कतिपयले आफूले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा विदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको विकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना ब्यवसायमा लगानी गर्न थालेका छन् । ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन् । दैनिक खर्च र आम्दानीको हिसाब राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन् । आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन् ।’

२२ जनालाई प्लाष्टिक टनेल 
तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमूलक काम गरिरहेका २२ जनालाई प्लाष्टिक टनेल वितरण गरिएको छ । उनीहरुको जीविकोपार्जन र व्यवसायीक विकासका लागि सघाउ पुर्‍याउन हौसला स्वरुप प्लाष्टिक टनेल प्रदान गरिएको हो । उनीहरुलाई शुक्रबार गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल हस्तान्तरण गरेका हुन् ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ०६ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६