टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग | Khabarhub Khabarhub

टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले शुक्रबार आयोजना गरेको ‘पदस्थापन तथा सम्मान’ कार्यक्रमका वक्ताले नेपालको टिपर तथा ट्रक क्षेत्रमा धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालको मालबाहक क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै त्यसको समाधानका लागि महासङ्घले सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै आएको बताए । ‘समितिले नेपालको मालबाहक क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनका लागि चालक तथा सहचालकलाई बेलाबेलामा प्रशिक्षण एवं तालिम प्रदान गर्नुपर्छ’, उनले भने ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका पूर्वअध्यक्ष एवं धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। ‘म अध्यक्ष भएदेखि नै यस क्षेत्रका समस्या ज्यूँका त्यूँ छन्, त्यसलाई समाधानका लागि आफू जनप्रतिनिधि भएको हिसाबले निरन्तर लाग्नेछु’, उनले भने।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकको विकासका लागि टिपर तथा ट्रक क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यो व्यवसायलाई सम्मानित ढङ्गले सञ्चालन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष सिटौलाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालको यातायात क्षेत्रबाट २०० भन्दा बढी जनप्रतिनिधि विजयी भएको भन्दै विजयी जनप्रतिनिधले नेपालको यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने विश्वास व्यक्त गरे । आर्थिक वर्ष २०७९-०८० को बजेटले नेपालको यातायात क्षेत्रलाई यथोचित सम्बोधन गर्न नसकेको उनको भनाइ थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्षद्वय ऐनकुमार शाही, हरिशरण केसी, महासचिव डेकनाथ गौतमले अर्बौं लगानी भएको नेपालको मालबाहक क्षेत्रमा देखिएको समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे । समितिका संस्थापक अध्यक्ष एवं महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले भारतीय ट्रक क्षमताभन्दा बढी सामान बोकेर निर्वाधरुपमा नेपाल भित्रिँदा नेपाली ट्रक व्यवसायी मारमा परेको बताए । उनले मालबाहक क्षेत्रको समस्या समाधानका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको बताए ।

टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, सल्लाहकार पित्तबहादुर (हरि) डल्लाकोटी, पूर्वअध्यक्ष कृष्ण पन्त, वरिष्ठ उपाध्यक्ष सुमन बोगटीलगायतले काठमाडौँ उपत्यकामा कार्यालयको समयबाहेक अन्य समय निर्वाधरुपमा टिपर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले कार्यक्रममा बीमाको क्षतिपूर्ति रकम बढाउनुपर्ने, दुर्घटना उपचार रकम बढाउनुपर्ने, दुर्घटना भएको पुलिस रिपोर्ट तत्काल पाउनुपर्ने, टिपर तथा ट्रकका लागि छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने, बढेको रकम लिन पाउनुपर्नेलगायतका समस्या रहेकाले उक्त समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

विसं २०६६ मा स्थापना भएको उक्त समितिमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । हाल देशभर १५ हजार टिपर तथा ट्रक सञ्चालनमा रहेकोमा वाग्मतीमा मात्र झण्डै नौ हजार सञ्चालनमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ३० बजे

आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा ६ लाटीझोडाकी ५२ बर्षीय बुद्धी माया

प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण

भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने

काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री

म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक

काठमाडौं – नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड