केकेको पोष्टमार्टम रिपोर्ट : उत्साहित हुँदा हर्ट अट्याक « Khabarhub

केकेको पोष्टमार्टम रिपोर्ट : उत्साहित हुँदा हर्ट अट्याक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड गायक केके (कृष्णकुमार कुननाथ) को पोस्टमार्टम रिपोर्टमा उनी अति उत्साहित हुँदा मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज भएको र त्यसैका कारण हर्ट अट्याक भएर मृत्यु भएको उल्लेख छ । साथै केके बेहोस भए लगत्तै सीपीआर दिएको भए उनको ज्यान बच्न सक्थ्यो भनेर चिकित्सकले भनेका छन् ।

कन्सर्टमा केके गाउने, नाच्ने गरिरहेकाले थप उत्साहित भएको बताइएको छ । ‘केके उत्साहित भए, जसका कारण उनको मुटुमा रक्तसञ्चार रोकियो र हृदयाघात भयो । हृदयाघात हुँदा मानिसको मुटुको धड्कन तुरुन्तै बन्द हुन्छ’ समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै केकेको पोस्टमार्टममा संलग्न डाक्टरले बताएका छन् ।

रक्तप्रवाह रोकिएपछि गायकको मुटुको धड्कन अनियमित भएको चिकित्सकको भनाइ छ । केहीबेरमा केके बेहोस भए र उनको हृदयाघात भयो । सोही समयमा सीपीआर दिएको भए उनी बाँच्न सक्ने सम्भावना रहेको संकेत चिकित्सकको छ । कार्डियो पल्मोनरी रिसुसिटेशनको छोटो रुप सीआरपी आपतकालीन अवस्थामा प्रयोग गरिने चिकित्सा प्रक्रिया हो । यस प्रक्रियामा मुटुको धड्कन फिर्ता ल्याउन बिरामीको छातीलाई बारम्बार थिचिन्छ । साथै, रोगीलाई मुखबाट मुख सास फेर्न दिइन्छ । यसबाट हृदयाघात, श्वास फेर्न गाह्रो हुने अवस्थाहरूमा व्यक्तिको जीवन बचाउन सकिन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ५८ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा