केकेको पोष्टमार्टम रिपोर्ट : उत्साहित हुँदा हर्ट अट्याक « Khabarhub

केकेको पोष्टमार्टम रिपोर्ट : उत्साहित हुँदा हर्ट अट्याक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड गायक केके (कृष्णकुमार कुननाथ) को पोस्टमार्टम रिपोर्टमा उनी अति उत्साहित हुँदा मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज भएको र त्यसैका कारण हर्ट अट्याक भएर मृत्यु भएको उल्लेख छ । साथै केके बेहोस भए लगत्तै सीपीआर दिएको भए उनको ज्यान बच्न सक्थ्यो भनेर चिकित्सकले भनेका छन् ।

कन्सर्टमा केके गाउने, नाच्ने गरिरहेकाले थप उत्साहित भएको बताइएको छ । ‘केके उत्साहित भए, जसका कारण उनको मुटुमा रक्तसञ्चार रोकियो र हृदयाघात भयो । हृदयाघात हुँदा मानिसको मुटुको धड्कन तुरुन्तै बन्द हुन्छ’ समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै केकेको पोस्टमार्टममा संलग्न डाक्टरले बताएका छन् ।

रक्तप्रवाह रोकिएपछि गायकको मुटुको धड्कन अनियमित भएको चिकित्सकको भनाइ छ । केहीबेरमा केके बेहोस भए र उनको हृदयाघात भयो । सोही समयमा सीपीआर दिएको भए उनी बाँच्न सक्ने सम्भावना रहेको संकेत चिकित्सकको छ । कार्डियो पल्मोनरी रिसुसिटेशनको छोटो रुप सीआरपी आपतकालीन अवस्थामा प्रयोग गरिने चिकित्सा प्रक्रिया हो । यस प्रक्रियामा मुटुको धड्कन फिर्ता ल्याउन बिरामीको छातीलाई बारम्बार थिचिन्छ । साथै, रोगीलाई मुखबाट मुख सास फेर्न दिइन्छ । यसबाट हृदयाघात, श्वास फेर्न गाह्रो हुने अवस्थाहरूमा व्यक्तिको जीवन बचाउन सकिन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ५८ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य