डेब्यु नहुँदै निर्देशक « Khabarhub

डेब्यु नहुँदै निर्देशक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता मनिष राउतले फिल्म निर्देशन गर्ने भएका छन् ।

‘प्रेम गीत ३’ बाट अभिनयमा उदाउने तयारीमा रहेका मनिषले छायांकनको तयारीमा रहेको ‘शमशेर’बाट निर्देशनमा डेव्यु गर्ने भएका हुन् ।

मुख्य भुमिकामा अभिनय गरेका मनिषले ओस्कार कलेजबाट ब्याचलर गरेका हुन् । ‘फिल्मको स्क्रिप्ट मन परेकोले नै अभिनेतासँगै निर्देशनमा जोडिएको हुँ । आउँदो दिनमा अभिनय र निर्देशनलाई सँगै अगाडी बढाउने छु’ मनिषले भनेका छन् ।

फिल्म छायांकनको तयारीमा रहेका मनिषले सुनिल थापालाई पनि जोडेका छन् । उनले फिल्ममा अभिनय गर्ने भूमिका भने खुलाइएको छैन । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए ।

फिल्ममा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । यसको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ३७ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण

प्रतिनिधि सभाको बैठक सुरु : रास्वपा उपसभापति डिपी अर्याल सभामुख बन्दै

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक सुरु भएको छ