युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित « Khabarhub

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक नेताको पक्राउप्रति आपत्ति जनाउँदै अविलम्ब रिहा गर्न माग गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युवा संघ सचिवालय सदस्य वकिल बम लाई शुक्रबार राति करिब १० बजे सादा पोशाकमा आएका ४–५ जना प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

उनका अनुसार बमलाई ‘केही समयका लागि’ भन्दै नियन्त्रणमा लिएर हाल कालिमाटी प्रहरी वृत्त मा राखिएको छ।

बस्नेतले उक्त घटनामा न कुनै झैझगडा, न उजुरी वा कुनै पुरानो मुद्दा रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालनकै आधारमा ‘गुन्डागर्दी’ को आरोप लगाएर बिनाकारण पक्राउ गरिएको आरोप लगाए।

उनले यस्तो कार्य कानुनी शासनविपरीत भएको र नागरिक स्वतन्त्रतामाथि प्रहार भएको बताएका छन्।

उनले घटनाले राजनीतिक उद्देश्यको संकेत गर्ने दाबी गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न र वकिल बमलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : २९ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय