नेपाल चेम्बर एक्पो–२०२२ असारमा भृकुटीमण्डपमा हुने « Khabarhub

नेपाल चेम्बर एक्पो–२०२२ असारमा भृकुटीमण्डपमा हुने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो ।

व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवर्द्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए । ‘मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ’, अध्यक्ष चाकुबजीले भने ।

मेलाले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथमिकता दिने जनाइएको छ । यस्तै, मेलाले निकासी प्रवर्द्धन गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि पहलकदमीसमेत लिने मेलाको मुख्य उद्देश्य रहेको बताएको छ ।

पाँचौँ पटक हुन लागेको उक्त मेलाको बङ्गलादेश ‘पार्टनर कन्ट्री’ रहेको चेम्बरले जनाएको छ । उक्त मेलामा बङ्गलादेशका उद्योगी तथा व्यवसायीले सहभागिता जनाउने अध्यक्ष चाकुबजीले बताए । पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशका १५० स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये १०० राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी तथा व्यवसायीको सहभागिता रहने बताइएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा उत्पादित सामग्री राखिने छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १० : ०६ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण

प्रतिनिधि सभाको बैठक सुरु : रास्वपा उपसभापति डिपी अर्याल सभामुख बन्दै

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक सुरु भएको छ