‘जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानूनको कार्यान्वयन गरौँ’ « Khabarhub

‘जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानूनको कार्यान्वयन गरौँ’


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई आग्रह गरेकी हुन्।

पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छन्। ‘जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो’, उनले भनेकी छन्, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो।’ यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज‚ सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ।’

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ०५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ