रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा « Khabarhub

रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन -पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले बहिरङ्ग सेवा आइतबार पनि नियमित सञ्चालन गर्ने भएको छ ।

लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि बहिरङ्ग सेवा दिन लागिएको जानकारी दिए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्‍यो ।’

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ ।

सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १० : ३१ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो

युवा संघका नेता पक्राउ गरेपछि महेश बस्नेत आक्रोशित

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेत ले युवा संघका एक

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण

प्रतिनिधि सभाको बैठक सुरु : रास्वपा उपसभापति डिपी अर्याल सभामुख बन्दै

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक सुरु भएको छ