रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा « Khabarhub

रत्ननगर अस्पतालमा आइतबार पनि बहिरङ्ग सेवा


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन -पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले बहिरङ्ग सेवा आइतबार पनि नियमित सञ्चालन गर्ने भएको छ ।

लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि बहिरङ्ग सेवा दिन लागिएको जानकारी दिए । उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्‍यो ।’

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ ।

सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १० : ३१ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा