आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल « Khabarhub

आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो । आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग सदैव साथ रहने प्रतिबद्धतासमेत जनाएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

कूल रु १५ करोड २४ लाख ३६ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना पराजुली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङसम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । विसं २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने क्षमता रहने समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताएका छन् । 

नेपालभरका अन्य खानेपानी आयोजनामध्ये  १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको थियो । साना ठूला गरी चार योजना तथा आयोजनाबाट संकलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २६०० बढी निजी धारा जडान गरी पानी वितरण हुँदै छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : ०६ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा