‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना « Khabarhub

‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् ।

आर्थिक सहयोग पाए बाँच्‍ने उनको आशा छ । तातोपानी गाउँपालिका-२ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य भएका छन् । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए ।

उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ । दुवै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने डाक्टरले भनेका छन् । सबै सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गर्छु । मेरो घरमा छ वर्षीय छोरा र श्रीमती मात्रै मेरा साहारा छन् । बाँच्‍ने इच्चा छ ।’

स्थानीय रामबहादुर रावलले आर्थिक अभावले खत्रीलाई अस्पताल लान नसकिएको र घरमै राख्नुपरेको पीडा व्यक्त गरे ।  सकेको आर्थिक सहयोग गरेर बचाउन चाहनेले आफ्नै मोबाइल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीको अनुरोध छ ।

उनले सांग्रिला डेभलपमेन्ट बैँक जुम्ला शाखामा रहेको आफ्नो खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा रकम जम्मा गर्न सकिने पनि बताए । बिरामी भएपछि उनी नेपालका विभिन्‍न अस्पताल र भारतका केही अस्पतालमा उपचारका लागि गएका थिए ।

सो क्रममा दुवै मिर्गौलो काम नगर्ने भएको अवस्थामा पुगेको चिकित्सकले भनेपछि उनी गत चैतमा घर फर्किएका थिए । आर्थिक अभावकै कारण उपचार गराउन नसकेपछि घरमै थलिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  २ : ३१ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा