‘ह्रस्व दीर्घ’ को छायांकन रामोजी फिल्म सिटीमा हुने « Khabarhub

‘ह्रस्व दीर्घ’ को छायांकन रामोजी फिल्म सिटीमा हुने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् ।

नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य अभिनयमा रहने फिल्ममा भारतका चर्चित कलाकारहरू समेत अभिनय गर्ने पक्का भइसकेको छ । फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरू अभिनयमा रहनेछन् । फिल्मका सबै कलाकार को-को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पुर्ण ‘कास्ट एण्ड क्रू’ बारे जानकारी गराइसक्ने नीताले बताइन् ।

चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोही प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनी र फिल्महलदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।

फिल्म श्रावण महिनामा फ्लोरमा जानेछ । हाल स्कृप्टलाई अन्तिम रूप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायाँकार कविरलालले खिच्नेछन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ३ : ४७ बजे

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,