‘ह्रस्व दीर्घ’ को छायांकन रामोजी फिल्म सिटीमा हुने « Khabarhub

‘ह्रस्व दीर्घ’ को छायांकन रामोजी फिल्म सिटीमा हुने


२१ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् ।

नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य अभिनयमा रहने फिल्ममा भारतका चर्चित कलाकारहरू समेत अभिनय गर्ने पक्का भइसकेको छ । फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरू अभिनयमा रहनेछन् । फिल्मका सबै कलाकार को-को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पुर्ण ‘कास्ट एण्ड क्रू’ बारे जानकारी गराइसक्ने नीताले बताइन् ।

चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोही प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनी र फिल्महलदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।

फिल्म श्रावण महिनामा फ्लोरमा जानेछ । हाल स्कृप्टलाई अन्तिम रूप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायाँकार कविरलालले खिच्नेछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ४७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि