तियानमेन स्क्वायर दमनको सम्झनामा टोकियाको चिनियाँ दूतावास अगाडि प्रदर्शन « Khabarhub

तियानमेन स्क्वायर दमनको सम्झनामा टोकियाको चिनियाँ दूतावास अगाडि प्रदर्शन


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेत्तीस वर्षअघि तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झना तथा चिनियाँ शासकहरूको अमानवीय कार्यको विरोधमा जापानको राजधानी टोकियोस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन भएको छ ।

विगतका दशकमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका दुष्कर्महरू पुनः उजागर गर्न आज जापानी नागरिक एकत्रित भएर प्रदर्शन गरेका हुन् । जापानका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् ।

तिब्बती, उइगुर, मङ्गोलियाली र अन्य धेरै सङ्ख्यामा हङकङमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका अप्राजातान्त्रिक गतिविधिको विरोध गर्न ठूलो सङख्यामा जापानी उपस्थित भएका थिए ।

तियानमेन स्क्वायरमा भएको नरसंहारलाई कहिल्यै नबिर्सन सबैलाई आह्वान गर्दै सहभागीहरूले विभिन्न मानवअधिकार र चीनद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनः सिनजियाङमा नरसंहार, भित्री मङ्गोलियामा मातृभाषाको दमन, तिब्बतमा सांस्कृतिक नरसंहार र हङकङमा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आधारभूत अधिकारको हनन्को उनीहरूले विरोध गरेका हुन् ।

चिनियाँ सरकारले लामो समयदेखि तियानमेन नरसंहारका पीडितलाई न्याय दिने आन्तरिक र अन्तर्राष्ट्रिय आह्वानलाई बेवास्ता गरेको छ भने युरोपेली सङ्घ र अमेरिकाले प्रतिक्रिया स्वरूप लगाएका प्रतिबन्धलाई पनि गर्दै आएको छ ।

पछिल्ला दिनहरूमा चीनमा मानवअधिकार उल्लङ्घनका घटना बढेका ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाएको छ । हङकङमा राष्ट्रिय सुरक्षा कानून लगाएर मौलिक स्वतन्त्रता दमन गरिएको तथा सिनजियाङमा झण्डै १० लाख टर्किक मुस्लिमलाई सामूहिक नजरबन्दमा राखिएको एचआरडब्ल्यूले बताएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ५७ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक