विराटनगर कार्यपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित « Khabarhub

विराटनगर कार्यपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्।

९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन्। कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन्। अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरेका छन्। 

महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका पराजित उम्मेदवारहरू अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत पाएका छन्। 

महानगरमा एमालेले उपप्रमुख सहित ४३ र कांग्रेसले प्रमुख सहित ४० जनप्रतिनिधि जितेको थियो। यस्तै (जसपा) ले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए। विराटनगर महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ।  

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ४७ बजे

सारङ्गीको धुनले धानेको जिन्दगी

सुनसरी– सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन, बीपी राजमार्गमा सवारी निषेध

काठमाडौँ– केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल