स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमान्दार नभएको नेकपा एसको निष्कर्ष « Khabarhub

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमान्दार नभएको नेकपा एसको निष्कर्ष


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमान्दार नभएको निष्कर्ष निकालेको छ ।

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमान्दार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।

स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए । वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान

एकीकृत समजवादीले सङ्गठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले प्रदेश नं १ का लागि उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभाग सदस्य लेखनाथ सिकारुले जानकारी दिए ।

बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेशस्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भएको बैठक समसामयिक राजनीतिक अवस्थाको समीक्षा र गहन कार्ययोजना प्रस्तुत गर्न भोलि आइतबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : ४८ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप