अछामको पञ्चदेवलमा उत्पन्न तनाव सामान्य बन्दै, प्रहरीले मृतकको शब उठाई अनुसन्धान थाल्यो | Khabarhub Khabarhub

अछामको पञ्चदेवलमा उत्पन्न तनाव सामान्य बन्दै, प्रहरीले मृतकको शब उठाई अनुसन्धान थाल्यो


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।

यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका-४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए । “प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले”, मरासिनीले भने, “बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिएपछि घटनाको अनुसन्धान थालिएको छ ।”

प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो ।

यही जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो । मृतक एमाले निकटका युवा रहेको जनाइएको छ । “एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ”, प्रजिअ मरासिनीले भने, “चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ ।”

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : ५९ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार