भारतद्वारा श्रीलङ्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा श्रीलङ्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ ।

‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३ दशमलब ३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ ।

कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो ।

श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।

आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।

यी सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो । “हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सागम्रीहरु उपलब्ध गराएका छौँ,” श्रीलङ्कास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १० : ३६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको