युवा पुस्तामै मुटु रोगको भयावह समस्या « Khabarhub

युवा पुस्तामै मुटु रोगको भयावह समस्या

कसरी बच्ने, कसरी ज्यान जोगाउने ?



मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ।

अहिले मुटुको समस्या लिएर अस्पताल पुग्ने ४० वर्षमुनिका बिरामीमध्ये २० देखि २५ प्रतिशतमा हृदयाघात हुने गरेको अस्पतालको तथ्यांक छ। अस्पताल पुग्ने कुल बिरामीमध्ये मुटुसम्बन्धी समस्या भएका दोस्रो–तेस्रो नम्बरमा हुन्छ।

सामान्यतया मुटुसम्बन्धी रोगको समस्या विश्वभर नै बढ्दो छ। तर, दक्षिण एसियाली देशमा तुलनात्मक रूपमा अझै बढीरहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय युवापुस्तामा मुटुको समस्या धेरै बढेको पाइन्छ। अस्वस्थ्य जीवनशैलीका कारण युवापुस्तामा यो समस्या बढेको मुटुरोग विशेषज्ञ बताएका छन्।

युवापुस्तामा मुटुरोग
पहिले हामीले मुटुरोग ५० वर्ष माथिको उमेर समूहमा हुनेगर्छ भनेर बुझ्ने गर्थ्र्यौ। अहिले पनि प्रेसर, सुगर भएका व्यक्तिमा मुटुरोग बढ्दो मात्रामा छ।

अहिलेको समयमा युवापुस्तामा यो धेरै देखिएको छ। मुख्यतया जंकफुडको प्रयोगले यो समस्या बढेको पाइन्छ। जंकफुडमा ट्रान्स फयाट् बढी हुने विभिन्न अनुसन्धानले बताएका छन्।

आजभोलीका युवामा शारीरिक कसरतको कमीले मुटुरोगको जोखिम बढीरहेको छ। अहिले युवापुस्तामा शारीरिक भन्दा मेन्टल वर्क बढी देखिन्छ। वातावरणमा प्रदूषण बढीरहेको छ। यसले पनि मुटुरोग समस्या बढीरहेको पाइन्छ। कम उमेरमै चुरोट, जाँडरक्सी सेवन गर्ने र तनाव लिने कारणले पनि मुटुरोगको जोखिम युवापुस्तामा बढेको पाइन्छ।

वर्तमान अवस्था
अहिलेको अवस्था हेर्ने हो भने २०, २५ वर्षको मान्छेनै हृदयघात भएर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आएएको पाइन्छ। कम उमेरमै ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल बढीरहेका समस्या छन्।

यी रोगले मुटुरोगको जोखिम अझै बढाइरहेका छन्। ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल जस्ता रोगको समयम समयमा जाँच गर्नाले समस्या निम्तिन पाउँदैन।

मुटुरोगीमा देखिने फरकफरक समस्या
मुटुरोग ब्लड प्रेसर, कोलस्ट्रोल, मधुमेह सबन्धित हुन्छ। यी सबै मुटुरोग हुने कारण हुन्। हिँड्दा श्वास फुल्ने, छाती दुख्ने र कतिपयलाई हृदयघात भएर अस्पताल आउने गरेको देखिन्छ।

कसैलाई मुटुरोगकै कारण स्ट्रोक, प्यारालाइसिस हुने गरेको पाइन्छ। कसैलाइ म्यासीभ हार्टअट्याक भएर मृत्युसमेत हुने गरेको पाइन्छ।

कुन उमेर समूहमा बढी समस्या
जेनेटिक हिसावले जसको परिवारमा मुटुरोग भएका व्यक्ति छन् भने एक बाट अर्कोमा सर्ने सम्भावना रहन्छ।

शरीर मोटो भएका व्यक्ति, शारीरीक रुपमा परिश्रम नगर्ने, तनाव धेरै लिने, चुरोट, रक्सी धेरै सेवन गर्ने व्यक्तिमा यो समस्या बढ्दै गएको छ। साथै ब्लड प्रेसर, कोलस्ट्रोल, मधुमेह भएका व्यक्तिमा जोखिम बढी छ।

मुटुरोगका लक्षण
मुटुरोगको मुख्य लक्षण हृदयघात हो। सामान्यतया हृदयघात हुँदा छातीको बीच भागमा केही गाह्रो वस्तुले थिचेको जस्तो हुने, भारी हुने र दुख्ने हुन्छ। हिँडडुल गर्दा बढी हुने, कहिलेकाही बढी भएको अवस्थामा छातीको दुखाइसँगै, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, मुटुको धड्कन बढी हुने जस्ता लक्षण देखा पर्छन्।

यी लक्षण देखापर्नसाथ अस्पताल गएर मुटुको इसीजीसँगै रगत परीक्षण गरेर हृदयघात भए नभएको थाहा पाउन सकिन्छ।

कस्तो अवस्थामा मुटुको अप्रेशन ?
कसैलाई हृदयघात भएको छ, मुटुको धमनीहरु ब्लक भएर बोसो जमेको छ भने खुलाउन एन्जिओप्लाष्टी गर्नुपर्ने हुन्छ। यो इमर्जेन्सी भएको बेला या हृदयघात भएपछि गरिन्छ।

हृदयघात भएको बिरामीलाई एन्जिओप्लाष्टी नगरी वाइपास गर्नुपर्ने हुन्छ। यो मेजर अप्रेशन हो। योबाहेक जन्मजात मुटुमा प्वाल भएको, भल्वमा खराबी आएर भल्व फेर्नुपर्ने भयो भने अप्रेशन गर्नुपर्ने हुन्छ।

समस्या आउन नदिन के गर्ने ?
चुरोट, रक्सीको सेवन नगर्ने। कम उमेरमै यस्ता पेय पदार्थ धेरै सेवन गर्नाले मुटुरोग निम्ताउँछन्। नियमित शारीरीक व्ययाम गर्नाले धेरै फाइदा हुन्छ। चिल्लो खानेकुरा धेरै खानु हुदैन। आफनो उमेर अनुसार तौल निर्धारण गर्नुपर्छ। ब्लड प्रेसर, सुगर नियन्त्रण गर्नुपर्छ। खानामा मासुजन्य र कार्बोहाइटेड भएको कुरा कम खाने र तरकारी तथा फलफूल धेरै खाँदा राम्रो हुन्छ।

(मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ०९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ