'जसपामा विवाद र विभेदको जड उपेन्द्र यादव हुन्' | Khabarhub Khabarhub

‘जसपामा विवाद र विभेदको जड उपेन्द्र यादव हुन्’


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई अलग हुने खबर बाहिरिएको छ । यसको मुख्य कारण के हो ? राष्ट्रिय सभामा प्रतिनिधि छान्दा जुन विवाद थियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि त्यस्तै विवाद देखियो अहिले मन्त्री छनोटमा पुग्दा त्यो विवाद अझ उत्कर्षमा पुगेको छ ।  जसपाभित्रको विवादमा यी मात्र कारण छन् कि अरू पनि ? यीनै विषयमा खबरहबका लागि धीरज बस्नेतले जसपाका नेतृ अमृतादेवी अग्रहरीसँग गरेको कुराकानीको सम्पादित अंशः

जसपा भित्रको विवाद फुटकै स्थितिमा पुगेको हो ?
मिडियाबाट फैलिएका कुराहरू जसपा टुट्दै छ भन्नेमा म विश्वस्त छैन । विवाद र असन्तुष्टि छ । किनकि ४ वटा पार्टी मिलेर जसपा बनेको हो। प्रत्येक पार्टीमा असन्तुष्टि र विवाद हुन्छ । सानो तिनो बहसमा पार्टी नै टुट्छ भन्ने मलाई लाग्दैन।

उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमति भएर छुट्ने कुरा बाहिरिएको छ त !
आधिकारिक रूपमा दुवै जनाले यो कुरा भन्नु भएको छैन । अध्यक्ष उपेन्द्र यादवबाट मैले यो कुरा सुने तर बाबुराम भट्टराईबाट सुनेकी छैन । यो कुरा सत्य हो भने जुनै पार्टीको लागि पनि यो कुरा दुर्भाग्य हुनेछ । मिल्दा धेरै ऊर्जा हुन्छ । सानो कुरामा असन्तुष्टि हुने बित्तिकै पार्टी तोड्नु हुँदैन । आपसी समझदारीबाट अगाडि बढ्नु पर्दछ । म त राजपाबाट यो पार्टीलाई बचाएको हुँ । यो पार्टी समाप्त हुनै लागेको थियो तर राजपाका सम्पूर्ण साथीहरू मिलेर जसपा बचाऊँ भनेर लाग्यौँ । त्यसैले यो कमजोर छैन । यो बहुदलीय व्यवस्थामा पार्टी टुट्ने र जुट्ने हरेक पार्टीमा हुन्छ ।

तपाईँले डाक्टर बाबुराम भट्टराईलाई समर्थन गदै आउनु भएको छ । तपाईँहरूकै कारणले पार्टी फुट्न लागेको भन्ने आरोप छ नि !
म जसपाको मान्छे हुँ । यसभित्र जो भए पनि सबै हाम्रो हो । तपाईँहरू राम्रोसँग मिल्नुहोस् भन्छौ । तपाईँ राम्रो र नराम्रो भनेर भन्न मिल्दैन । डाक्टर बाबुराम भट्टराईले समावेशीताको कुरा गर्नुभएको छ र म पनि हरेक कुरामा समावेशिता चाहन्छु ।

तपाईँहरूको पार्टी यो स्थितिमा पुग्नु पछाडिका कारण के हुन्, नेताबाट कहाँ कहाँ गल्ती भयो ?
११ जना राजपाका साथीहरू मिलेर यो पार्टीलाइ बचाउ भनेर लाग्यौँ । तर अध्यक्ष उपेन्द्र यादवजीले राजपालाई त्यति मान्यता दिनु भएन । नजरअन्दाज गर्नुभयो । हामीले पार्टी नबचाएको भने आज यो पार्टी रहने नै थिएन । हामीलाई अध्यक्षबाट नै धेरै विभेद भएको छ । म आफैँ विभेदमा परेको छु । उहाँले विभेद हटाउन चाहनु भएन । विवादको कारण यही हो ।

अघिल्लो सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो तपाई जानु भयो ?
त्यो दिन मलाई कुनै जनकारी भएन ।

त्यो बैठकमा बाबुराम भट्टराई कृषि मन्त्री महेन्द्र राय यादव र केन्द्रीय कार्यकारिणी सदस्य गङ्गा नारायण श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको रहेछ त्यसो भए पनि पार्टी फुट्ने भएन र ?
पार्टी विपरीत काम गरेको भए स्पष्टिकरण सोध्नु स्वभाविक हो । तर त्यो प्रमाणित गर्नु पर्दछ । जसले पार्टी जोगाउने उद्देश्य राख्छ । उसले मेलमिलाप गर्दछ संवादमा जान्छ छलफल गर्दा पनि निश्कर्ष आएन भने स्पष्टीकरणमा जान्छ । त्यसैले अहिले जुन हल्ला चलिरहेको छ यसले नेतालाई टाढा बनाउने काम भइरहेको छ । यदि नेताले सुधार गर्नुभएन भने टुट्न पनि सक्छ तर अहिले त्यस्तो टुटिहाल्ने अवस्था छैन ।

तपाईँलाई थाहा छ, डाक्टर बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटक उपराष्ट्रपतिको कार्यालयमा पुगेर भेटवार्ता गरेको ?

कुनै पनि नेताहरु देशको प्रत्येक नेतासँग भेटघाट गर्नुलाई अस्वभाविक मान्नु हुँदैन । राष्ट्रप्रति चिन्तन गर्नुलाई नकारात्मक सोच्नु हुँदैन । आज हाम्रो देश किन पछाडि परेको छ भने आफ्नो लागि मात्र सोच्नु पर्दछ । अर्को पार्टीको नेतासँग भेट्न हुँदैन भन्ने सोचाईको परिणाम हो ।

यो भेटमा देशलाई माथि लैजाने भन्दा पनि बाबुरामलाई माओवादीमा कसरी ल्याउने भन्ने कुरामा छलफल भएको कुरा बाहिर आएको छ नि त !
भित्र के-के कुरा भयो त्यो त कसैलाई थाहा हुँदैन । तर बाहिर एउटा नेता अर्को नेतासँग कुरा गर्दा जनताले राज्यको हितमा कुरा गर्नुभयो भन्ने बुझ्नु पर्दछ ।

यदि पार्टी फुटी हाल्यो भने तपाई कता उभिने ?
जसले यो पार्टी बचाउन खोज्छ। जसले पार्टी फोरेर होइन पार्टीभित्र भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छु भन्छ । म कुनै पक्षधर मान्छे होइन, कुनै व्यक्तिको पक्षधर पनि होइन जसपाको हो । जसपा हामीले बनाएको हो । जसपा जता छ म त्यतै छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ३५ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश