खोटाङमा पहिरोले ६ घर विस्थापित  « Khabarhub

खोटाङमा पहिरोले ६ घर विस्थापित 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ६ घर विस्थापित भएका छन् ।

शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा-८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन् ।

धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ-जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो ।

विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ । घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । विस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उनले बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : १७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको