वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त « Khabarhub

वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् । 

सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्बर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एकएक जना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पढाउनका लागि १२/१२ हजार तलब पाउने गरी दुई जना शिक्षक नियुक्त गरिएको हो । ‘शैक्षिक गुणस्तर बढाउन शिक्षक संख्या कम भएका स्कूलहरूमा शिक्षक नियुक्त गरेका हौँ,’ ठकुरीले भने, ‘मैलै पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।’

वडामा रहेका सबै स्कुलमा अध्ययनरत कक्षा १ का सबै विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिल जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरूमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभरि करिब ३५० विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ५४ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि