छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु   « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु  


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुर, सुनसरी र दाङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरामा ना.६ त ८०७३ नम्बरको ट्रयाक्टर सोमबार दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको छ । विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्रयाक्टरले च्यापिएर गम्भीर घाईते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्रयाक्टरमा सवार २६ जना सामान्य घाइते भएका थिए । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सडकमा को.२८ प ४०९३ नम्बरको मोटरसाइकल र को.१९ प ९९६५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा को.१९ प ९९६५ नम्बरको मोटरसाइकल चालक रजाक मिया रहेका छन् । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

दाङको लमही नगरपालिका–५ वयलडाडामा रा.१ स ३४५० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया राज कुमारी चौधरीको आइतबार राति मृत्यु भएको छ ।  बाटो काट्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ३३ बजे

रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना : प्रदेश सभा खारेजीदेखि स्थानीय तहको संख्या घटाउनेसम्म

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ