हलिउडमा पनि रेकर्ड बनाउँदै ‘आरआरआर’ « Khabarhub

हलिउडमा पनि रेकर्ड बनाउँदै ‘आरआरआर’


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाहुबली सिरिज मार्फत विश्वभर साउथ इन्डियन फिल्मलाई पुर्‍याउन सफल निर्देशक एसएस राजमौली निर्देशित पछिल्लो फिल्म हो ‘आरआरआर’ । साउथका दुई स्टार जुनीएर एन्टीआर र राम चरणलाई एउटै फिल्ममा ल्याएका निर्देशक राजमौली निर्देशित फिल्मले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बलिउडबाट अजय देवगन र आलिया भट्टलाई समेत कास्ट गरेका निर्देशक राजमौलीको फिल्म ‘आरआरआर’ ले हलिउडमा पनि उत्तिकै व्यापार गरिरहेको छ ।

व्यापारसँगै यो फिल्मले अर्को उपलब्धि पनि हासिल गरेको छ । हलिउड क्रिटिक्स एसोसिएसनले बाँड्ने अवार्डमा यो फिल्म रनर अप बन्न सफल भएको छ । यसका लागि ‘आरआरआर’ले टम क्रुज अभिनीत ‘टप गन : माभरिक’ र रोबर्ट प्याटिसन अभिनीत ‘दि ब्याटमेन’ लाई जितेको हो ।

हलिउड क्रिटिक एसोसिएसनले बाँड्ने ‘एचसीए मिड सिजन’ अवार्डमा उत्कृष्ट फिल्मको रनर अप बन्न सफल भएको हो । वर्षको मध्यमा आयोजना गरिने अवार्ड भने ‘एभरिथिङ एभरीह्वेर अल एट वन्स’ ले जित्यो । उत्कृष्ट फिल्मको दौडमा ‘आरआरआर’बाहेक ‘टर्निङ रेड’, ‘चा चा रियल स्मुथ’, ‘एल्भिस’, ‘दि नर्थमेन’ आदि फिल्म थिए ।

अमेरिकामा दोहोर्‍याएर रिलिज भएको फिल्मले दोस्रो रिलिजमा समीक्षक तथा दर्शकबाट प्रशस्त तारिफ पाएको थियो । फिल्मको भव्य क्यान भासले सबैलाई प्रभावित गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ३९ बजे

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता