इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम- उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।

सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस ९१०४ डिग्री फरेनहाइट पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस ९५० डिग्री फरेनहाइट थियो। सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस ९३२ डिग्री फरेनहाइट भन्दा कमी रहन्छ।

इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठ जना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ। मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर ,लगभग ११,००० फीट, उचाइमा छ ।

दुर्घटना दिउँसो १(४५ बजे भएको थियो । उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, शिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : १९ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो