प्रचारप्रसारमा छैनन् छुल्ठिम  « Khabarhub

प्रचारप्रसारमा छैनन् छुल्ठिम 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेब्यु फिल्म नोभेम्बर रेनमा ‘डल्ली’ को भूमिकामा देखिएकी छुल्ठिम गुरुङ स्थापित झैँ भइन् ।  उनको चुलबुले क्यारेक्टरलाई दर्शकले रुचाए ।  त्यसपछि भने उनले आफ्नो क्रेजलाई बढाउन सकेकी छैनन् ।  ‘डायरी’ फिल्ममा देखिएकी छुल्ठिमले दर्शक मार्फत अघिल्लो पटकको माया पाउन सकिनन् ।  त्यसयता उनको करियर ठीकठाक मात्र छ ।  फिल्ममा उनले भूमिका  गरिरहेकी छिन् तर चर्चा छैन ।

यिनै छुल्ठिमले अभिनय गरेको पछिल्लो फिल्म हो ,’सम्झना बिर्सना’ ।  फिल्म छायांकनको समयमा छुल्ठिमले फिल्मको प्रचार आफ्नो सोसल मिडिया मार्फत नगरेकी होइनन् । यद्यपि पछिल्लो समय उनी फिल्मको प्रचारप्रसारमा छैनन् ।  उनले गीत , ट्रेलर , पोस्टर लगायतका प्रचार सामग्रीलाई आफ्नो सोसल मिडियामा स्थान दिएकी छैनन् ।

आउँदो असार ३० मा रिलिज हुने ‘सम्झना बिर्सना’ मा उनको रोल महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ ।  फिल्मको ट्रेलरमा देखिए अनुसार उनको भूमिका महत्त्वपूर्ण छ ।  दार्जिलिङको परिवेशमा खिचिएको फिल्मको दुवै ट्रेलरमा छुल्ठिमले प्रशस्त स्क्रिन टाइम पाएकी छन् तर ट्रेलरभन्दा बाहिर भने उनी गायब छिन् । फिल्म प्रचारको पुरै कमान्ड पूजा शर्मा र आकाश श्रेष्ठले सम्हालेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : १९ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह