प्रचारप्रसारमा छैनन् छुल्ठिम  « Khabarhub

प्रचारप्रसारमा छैनन् छुल्ठिम 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेब्यु फिल्म नोभेम्बर रेनमा ‘डल्ली’ को भूमिकामा देखिएकी छुल्ठिम गुरुङ स्थापित झैँ भइन् ।  उनको चुलबुले क्यारेक्टरलाई दर्शकले रुचाए ।  त्यसपछि भने उनले आफ्नो क्रेजलाई बढाउन सकेकी छैनन् ।  ‘डायरी’ फिल्ममा देखिएकी छुल्ठिमले दर्शक मार्फत अघिल्लो पटकको माया पाउन सकिनन् ।  त्यसयता उनको करियर ठीकठाक मात्र छ ।  फिल्ममा उनले भूमिका  गरिरहेकी छिन् तर चर्चा छैन ।

यिनै छुल्ठिमले अभिनय गरेको पछिल्लो फिल्म हो ,’सम्झना बिर्सना’ ।  फिल्म छायांकनको समयमा छुल्ठिमले फिल्मको प्रचार आफ्नो सोसल मिडिया मार्फत नगरेकी होइनन् । यद्यपि पछिल्लो समय उनी फिल्मको प्रचारप्रसारमा छैनन् ।  उनले गीत , ट्रेलर , पोस्टर लगायतका प्रचार सामग्रीलाई आफ्नो सोसल मिडियामा स्थान दिएकी छैनन् ।

आउँदो असार ३० मा रिलिज हुने ‘सम्झना बिर्सना’ मा उनको रोल महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ ।  फिल्मको ट्रेलरमा देखिए अनुसार उनको भूमिका महत्त्वपूर्ण छ ।  दार्जिलिङको परिवेशमा खिचिएको फिल्मको दुवै ट्रेलरमा छुल्ठिमले प्रशस्त स्क्रिन टाइम पाएकी छन् तर ट्रेलरभन्दा बाहिर भने उनी गायब छिन् । फिल्म प्रचारको पुरै कमान्ड पूजा शर्मा र आकाश श्रेष्ठले सम्हालेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : १९ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ