आउँदो फिल्मबाट आशावादी अक्षय  « Khabarhub

आउँदो फिल्मबाट आशावादी अक्षय 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०१२ पश्चात् बलिउड अभिनेता अक्षय कुमार समय ठिकठाक भयो । राउडी राठोर , ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरू खिलाडी ७ सय ८६ , स्पेसल २६, बोस, बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्यपि कोरोना भाइरसको महामारी पश्चात् उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ ।

‘अतरंगी रे’लाई समीक्षकले केही राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाइरहेको छ । लक्ष्मी बम्ब , बच्चन पाण्डे , बेल बटम झैँ उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ पनि असफल रह्यो । अक्षयलाई लिएर फिल्म बनाउँदा फाइदा हुनेछ भन्ने निर्माताहरूको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ ।

यसअगाडिको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यस पटक बहाना पाएका छैनन् । पछिल्लो फिल्म लगातार रूपमा असफल भएपछि अक्षय आउँदो फिल्म ‘रक्षा बन्धन’ लाई लिएर केही फरक गर्ने तयारीमा छन्। उनी पारिवारिक कथालाई परिवारसम्म पुर्‍याउन अघिल्लो पटक भएको गल्तीहरू नदोहोर्‍याउने तरिकाले प्रचारमा जुटेका छन् । हेरौँ, अब उनको यो शैलीले फिल्मलाई कत्तिको फाइदा गर्छ । यद्यपि यस पटक उनी निर्देशक आनन्द एल रायको कामले गर्दा पनि केही आशावादी भने छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३९ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको