खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल सजाय « Khabarhub

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल सजाय


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ । 

केही दिनयता उपत्यका तथा उपत्यकाबाहिर केही स्थानमा झाडापखालाका रोगी बढ्न थालेपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको हो । वर्षायाम तथा गर्मी मौसममा विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुको सङ्क्रमण बढ्ने सम्भावना भएकाले सडक छेउछाउमा खुल्ला रुपमा तयारी एवं बिक्रीवितरण हुने खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकले सार्वजनिक रुपमा आआफ्नो धारण व्यक्त गर्दै आएका छन् । 

खाद्य ऐन २०२३ ले खाद्य पदार्थ बिक्रेताले बिक्री स्थल तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान र स्वच्छ पिउने पानी प्रयोग गर्नुपर्ने उल्लेख छ । खाद्य पदार्थको स्वच्छता कायम नगरी अनुचित तवरले तयारी एवं बिक्री वितरण गरेको पाइएमा सम्बन्धित खाद्य व्यवसायीलाई खाद्य ऐन–२०२३ अनुसारको कानुनी कारबाही हुने ऐनमा व्यवस्था गरिएको छ । उक्त ऐनको बर्खिलाप गरेमा ऐनको दफा–५ ले पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

ऐनको दफा ५ को उपदफा ३ मा अस्वस्थ खानाबाट कसैलाई हानी नोक्सानी  पुर्‍याएमा त्यस्तो कसुरदाताबाट सम्बन्धित पीडितलाई मनासिब क्षतिपूर्तिसमेत भराइदिनुपर्ने कानुनमा व्यवस्था छ । खाद्य पदार्थको बिक्री वितरण गर्दा अनिवार्य रुपमा पञ्जा, मास्क, टाउको छोप्ने टोपी अनिवार्य रुपमा लगाउने पर्ने हुन्छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई