हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन पारित « Khabarhub

हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन पारित


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ । उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन  विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो  ।

उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यान्वयनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए ।

 यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५८ बजे

आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सभापति

रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना : प्रदेश सभा खारेजीदेखि स्थानीय तहको संख्या घटाउनेसम्म

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि