हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन पारित « Khabarhub

हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन पारित


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ । उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन  विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो  ।

उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यान्वयनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए ।

 यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५८ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।