अर्थुङ्गे–घतान–पाखापानी सडक एक साता बन्द हुने « Khabarhub

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साता बन्द हुने


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको बेनी–अर्थुङ्गे–पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी तीव्ररुपमा सडक मर्मतको काम अघि बढाइएको हो । 

अठार किलोमिटर सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ काफलबोट र बेनी नगरपालिका–९ माटो बिसौनामा अहिले निर्माणकार्य भइरहेको र सडक एक साताभित्रमा मर्मत तथा स्तरोन्नति गरी सवारी साधन सञ्चालन गरिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताएका छन् ।

वडाध्यक्ष केसीका अनुसार सडक मर्मत तथा स्तरोन्नतिका लागि सहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिबीच रु २८ लाख २३ हजारमा सम्झौता भई काम अगाडि बढाइएको हो ।

यसैबीच बेनी नगरपालिका–९ वडा कार्यालयले आज एक सूचना जारी गर्दै बन्द अवधिभर बेनी–गलेश्वर–काउलेगौडाको सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । सडकखण्डमा ढलान, ग्याबिन जालीसहित अन्य संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ०७ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा