काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे ।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् ।
प्रतिक्रिया