प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला « Khabarhub

प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : १४ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।