अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा « Khabarhub

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभिको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् । उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे  । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानविनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने जिकिर गरे ।

उनले  तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : १२ बजे

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको