ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको हो ।

फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुलनुर्फिन ९१७ एम्पुलसहित शङ्कास्पद चार व्यक्ति पक्राउ परेका हुन् । आज दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु २ ख ५३१६ नं को बसबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रूपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कमब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको थियो । 

सुराकीको आधारमा प्रहरी उक्त बस बुर्तिबाङ प्रवेश गरेदेखिनै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागूऔषध बरामद भएपछि उनीहरूलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागूऔषधको कारोबार गर्नेहरू बढेको सूचना प्रहरीले पाएको थियो । बरामद भएको लागूऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रानाले बताए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : २२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको