चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन « Khabarhub

चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् ।

दुई वटै कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उनले बताए । मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती लागू गर्न खोजिएकाले विवाद भएको उनको भनाई छ । उनले समयमा नै आयोजना पुरा नहुने प्रवृत्तिलाई अन्त्य गर्ने दाबी गरे । 

उनले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ०२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्