कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता  « Khabarhub

कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता 



दोहा – कतारमा ४७३ कम्पनीहरुले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ । कतारको श्रम मन्त्रालयको श्रम निरीक्षण विभागद्वारा सञ्चालित सघन निरीक्षण अभियानमा सन् २०२२ जुलाईमा ४७३ वटा श्रम कानुन उल्लङ्घन पत्ता लागेको जनाएको छ ।

देशका विभिन्न क्षेत्रमा ३ हजार ६ सय ९३ निरीक्षण गर्दा ४७३ वटा कम्पनीहरुले कानुन उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ । देशको श्रम बजारलाई नियमन गर्न सम्बन्धित प्रतिष्ठानहरूले कानुन र मन्त्रीस्तरीय निर्णयहरूको के कत्ति कम्पनीहरुले नियम पालना गरे/नगरेको अनुगमन गरिएको थियो ।

श्रम मन्त्रालयले जारी गरेको जुलाईको मासिक सांख्यिकीयमा देशको श्रम क्षेत्रको सबैभन्दा प्रमुख तथ्याङ्क र तथ्याङ्कहरू, साथै विभिन्न प्रतिष्ठानहरूको निरीक्षण भ्रमणका नतिजाहरू समावेश गरेको हो ।

श्रम सम्बन्ध विभागले सेवा सुविधा विरुद्ध कामदारहरूबाट २ हजार २३२ गुनासोहरू प्राप्त गरेको, जसमध्ये २११ समाधान गरिएको र ८२७ गुनासो श्रम विवाद समाधान समितिमा पठाइएको जनाएको छ । लगभग १ हजार १९४ गुनासो पनि समाधानको प्रक्रियामा रहेको जनाएको छ।

श्रम विवाद समाधान समिति र उनीहरुमा परेका ८२७ मुद्दाका सम्बन्धमा उनीहरुबाट जारी भएका ४ सय ६६ मुद्दाको फैसला भएको र बाँकी ३ सय १८ मुद्दा प्रक्रियामा रहेका मन्त्रालयलाई उद्धृत गर्दै कतार न्युज एजेन्सीले जनाएको छ ।

३४ कामदार भर्ती कार्यालयहरूको निरीक्षण गर्दा मन्त्रालयले ७ कार्यालयहरूलाई अलर्ट पठाइएको जनाएको छ । यस अवधिमा मन्त्रालयलाई करिब चार हजार ६ सय ९२ नयाँ भर्ना अनुरोध प्राप्त भएको देखाएको छ। जसमध्ये २ हजार ६ सय ८० स्वीकृत र २ हजार १२ अस्वीकृत भएको छ भने पेसा परिमार्जनका लागि जम्मा ३ हजार ४२२ निवेदन, २ हजार ६ सय ४१ निवेदन अनुमोदन र ७८१ अनुरोध आएको छ ।

मन्त्रालयका अनुसार जुलाई महिनामा श्रम स्वीकृतिका लागि निवेदनको सङ्ख्या ८२२ थियो जसमा परमिट नवीकरणका लागि २८७, नयाँ अनुमतिका लागि ३७९ र जारी अनुमति खारेज गर्न १५६ निवेदन परेको जनाएको छ ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ०० बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण