स्रोत नखुलेको ५० लाखसहित कपनबाट एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ५० लाखसहित कपनबाट एक जना पक्राउ


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो ।

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी  ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

काका नाता पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र पैसा पठाउने गरेको प्रारम्भिक बयान उनले प्रहरीलाई दिएका छन् । घ्याल्चेनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र