बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय र खेलकुद गतिविधिको पछिल्लो अपडेटसहित बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. सरकारले निर्वाचनको मिति घोषणा गर्ने
सरकारले आजै आगामी निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने सरकारको तयारी छ । हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको नेताहरुले बताएका छन् ।

२. ताइवानलाई अमेरिकाले हस्तक्षेप गर्न मिल्दैनः खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी फाइटर विमानको सुरक्षासहित ताइवान भ्रमण गरेपछि असन्तुष्टि व्यक्त गर्दै खनालले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको धारणा राखे। खनालले विज्ञप्ती जारी गर्दै ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको कारण न्यान्सीको भ्रमण एक चीन सिद्धान्त विपरीत भएको जिकिर गरेका छन्।

३. सप्तकोशी बाढी प्रभावितहरुका लागि सहयोग गर्न सरकारको अपिल
सरकारले सप्तकोशीको बाढीबाट प्रभावित परिवारका लागि सरकारी, गैरसरकारी तथा व्यवसायीहरूलाई सहयोग गर्न अपिल गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बाढी प्रभावितहरुका लागि राहत तथा व्यवस्थापन गर्न सहयोग माग गरिएको जानकारी दिए।

४. गहुँ र चिनी आयात गर्ने व्यापारीलाई स्वीकृति लिन आव्हान
सरकारले भारतबाट गहुँ र चिनी आयात गर्ने चाहने व्यापारीलाई स्वीकृति लिनका लागि आव्हान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सार्वजनिक सुचना जारी गर्दै उद्योगीलाई स्वीकृतिका लागि आव्हान गरेको हो । भारतले हालै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको तथा चिनी निर्यातको लागि विशेष स्वीकृति आवश्यक पर्ने सूचना जारी गरेपछि मन्त्रालयले आयात गर्न चाहने व्यापारीलाई स्वीकृतिका लागि आव्हान गरेको हो ।

५. नेपाली श्रमिक जापान पठाउनेबारे दुई देशको संयुक्त बैठक बस्दै
नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक केहिबेरमा बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो ।

६. भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने 
लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप काम अघि बढ्ने भएको हो ।

७. हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ
काठमाडौँको कपनस्थीत भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा करिब ५० लाख सहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो । गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने घ्याल्चेनलाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

८. लोकसेवाको उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि…
कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेपछि दुई वर्षसम्मका लागि अयोग्य ठहर गरिएको छ । त्यसरी उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेख्नेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेको आयोगले जनाएको छ । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको जनाएको छ ।

९.ताइवानको सिमानामा चिनिया सैन्य अभियान सुरु
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट मार्फत सैन्य अभियान सुरु गरेको जनाएका हुन् । उनले चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्ने भन्दै एक संयुक्त सैन्य अभियान सुरु गरेका बताएका छन् । चिनियाँ लडाकु विमानलाई चेतावनी दिन आफूहरुले पनि लडाकु विमान उडाउन बाध्य भएको ताइवानले जनाएको छ ।

१०. पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिकाको जित  
पाहुना टोली दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी खेलमा जित निकालेको छ । गए राति भएको खेलमा पाहुना टोली २१ रनले विजयी भएको हो । जितसँगै पाहुना टोली दक्षिण अफ्रिकाले २ खेलको टी–ट्वान्टीमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी–ट्वान्टी भोलि हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १० : २५ बजे

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को