“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” : उपाध्यक्ष नेम्वाङ « Khabarhub

“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” : उपाध्यक्ष नेम्वाङ


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनपर्छ ।”

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए। लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरे।  “हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ”,उनले भने।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए। “आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ”, उपाध्यक्ष नेम्वाङले भने। पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : २७ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित