नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल « Khabarhub

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् । 

१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे।

सञ्चारमन्त्री खरेलले भने, ‘राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने बित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्नसक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।’

मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए। 

उनले भने, ‘नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुदा राष्ट्रिय महत्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहदाँ शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।’

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रिय हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : २६ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ