कोभिड नियन्त्रणमा जुट्दै सुदूरपश्चिम प्रदेश सरकार | Khabarhub Khabarhub

कोभिड नियन्त्रणमा जुट्दै सुदूरपश्चिम प्रदेश सरकार


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा संक्रमण न्यूनीकरणमा जुटेको छ ।

कोरोना रोकथामको तयारी स्वरूप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसियु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेपछि बिहीबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले गौरिफण्टा नाकाको अवस्था बारेमा स्थलगत जानकारी लगेका छन् ।

मन्त्री बोहराले सीमा नाकाबाट भित्रिने सबै नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छन्, भने स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्य कर्मीको अवस्था र त्यहाँको समस्याका बारेमा समेत जानकारी लगेका छन् ।

हाल प्रदेशका ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएका र ७५ प्रतिशत नागरिकले पूर्ण खोप लगाउनुका साथै ३५ प्रतिशत नागरिकले बुस्टर डोज लगाएको उनले बताए ।

कोरोनाको संक्रमण बढ्नथालेपछि नागरिकलाई कोरोनाको बुस्टरडोज लगाउन हामीले फेरी आह्वान गरिरहेका छौं,’ पन्तले भने, ‘सबै अस्पतालमा रहेका आइसोलेसन सेन्टर, आइसियु बेड र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’

उनले कैलाली स्थित सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल महाकाली प्रादेशिक अस्पतालसहित पहाडी ७ जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरेकाले पहिलो र दोस्रो चरणको कोरोना संक्रमण फैलिदा जस्तो अक्सिजनको समस्या अब नहुने बताए ।

पन्तका अनुसार सुदूरपश्चिममा १८ वर्ष देखीमाथिका लागि १० लाख ६३ हजार डोज र १२ देखि १७ वर्ष उम्मेर समूहका लागि ६० हजार डोज कोभिड विरुद्धको खोप आवश्यक रहेको छ ।

यसका लागि सम्बन्धित निकायमा माग गरिसकिएको भन्दै उनले सो खोप आगामी ७–८ दिनमा उपलब्ध हुने आश्वासन प्राप्त भएको बताए । सुदूरपश्चिमका विभिन्न अस्पतालमा हाल सम्म कोभिडका लागि एक हजार २७४ बेड तयारी अवस्थामा रहेका छन् भने आवश्यकता अनुसार बेडको संख्या थप गर्न सकिने उनले बताए ।

योजना महाशाखा प्रमुख पन्तका अनुसार कोभिड संक्रण व्यवस्थापनका लागि निर्माण गरिएका होल्डिङ सेन्ट व्यवस्थापन, कोभिड–१९ रोकथाममा खटिएका कर्मचारीको व्यवस्थापन तथा जनस्वास्थ्यका मापदण्डको पालना गराउनु अहिलेको चुनौती रहेको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले हरेक जिल्ला अस्पतालमा भेन्टिलेटर जडान भइसेको बताए । केही अस्पतालमा भने जडान हुने प्रक्रियामा रहेका भन्दै उनले आगामी एक साता भित्रै सरकारले उपलब्ध गराएका सबै भेन्टिलेटर जडान गरिसक्ने बताए । भेन्टिलेटर सञ्चालनका लागि प्रदेशमै दक्ष जनशक्तिको अभाव रहे पनि उपलब्ध जनशक्तिलाई तालिम दिएर योग्य बनाएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर नीराजन शर्माले पहिलो पटक कोरोना संक्रमण फैलँदा जनशक्ति, मेसिनरी सामाग्री तथा अन्य रोकथामका सामाग्रीको अभाव रहेका कारण धेरै समस्या भए पनि हाल स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको बताए ।

‘सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएका छन्,’ शर्माले भने, ‘आइसियु तथा भेन्टिलेटरको पनि व्यवस्था भएको छ, छोटो समयमा स्वास्थ्य क्षेत्रमा भएको यो प्रगतिले आगामी दिनमा हामीलाई काम गर्न सजिलो हुने छ ।’

उनले स्वास्थ्य उपकरणको व्यवस्था भए पनि दक्ष जनशक्ति नहुँदा समस्या रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले करारमा नियुक्ति गरिएका स्वास्थ्यकर्मीलाई सकभर नहटाउन पनि आग्रह गरे । करारमा भर्ना भएका कर्मचारीले अनुभव बटुलिसकेको हुने भन्दै उनले उनीहरूको निरन्तरता भए काम गर्न सजिलो हुने बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : ११ बजे

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : प्रवक्ता महर

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार

सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

मुलुकलाई असफल राष्ट्रबाट हुनबाट सरकारले जोगाएको छ : सञ्चारमन्त्री 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

कांग्रेस सचेतक घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण