चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ « Khabarhub

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई आज राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी र बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिनियाँ भाषाका दोभासेसमेत रहेका ओखलढुङ्गाका २६ वर्षीय सूर्यबहादुर राईलाई बोलाएर चिनियाँ नागरिक याङलाई बोलाउन लगाई नयाँ बसपार्कस्थित मित्रनगरको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ व्यक्तिले चिनियाँ व्यक्तिसँग रु एक करोड फिरौती मागेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिसँग रु आठ लाख १४ हजार ९०० नगद, २६ थान मोबाइल र हतकडी एक थान बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ३५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका